उत्साहजनक सहभागितामा १३औं किन्डर ओलम्पिक सम्पन्न

पोखरा स्पोर्ट्स । नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ)को आयोजनामा एनएसएसएफ १३औं किन्डर ओलम्पिक मंगलबार सम्पन्न भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको कार्यक्रमको दोश्रो चरणको कार्यक्रममा ६७ विद्यालयका करिब १ हजार ६ सय विद्यार्थी सहभागी भएको आयोजकले जनाएको छ । दशरथ रंगशालामै भएको पहिलो चरणको किन्डर ओलम्पिकमा उपत्यकाका विभिन्न ३४ विद्यालयका १ हजार ५ सय ४० विद्यार्थी सहभागी थिए ।

सहभागीहरुको मार्चपास्टपछि पूर्व सांसद् माधव सापकोटाले ओलम्पियन भारोत्तोलनका कमलबहादुर अधिकारीलाई किन्डर ओलम्पिकको टर्च हस्तान्तरण गरेका थिए ।

कमलसंगै ओलम्पियन एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र कबड्डीकी मानमति विष्टले टर्चलाई दशरथ रंगशालाको ट्रयाकमा परिक्रमा गराएका थिए । पहिलो चरणमा पनि यि चारै खेलाडीले टर्चलाई ट्रयाकमा परिक्रमा गराएका थिए ।

किन्डर ओलम्पिक अन्तर्गत विभिन्न १२ खेलको प्रतिस्पर्धा भएको थियो । बालवालिकाका लागि मनोरञ्जनात्मक प्रदर्शन पनि राखिएको थियो ।

सानै उमेरदेखि बालवालिकालाई खेलकुद प्रति आकर्षित गर्ने उद्देश्यले सन् २०१२ मा इसीइटीएले किन्डर ओलम्पिकको सुरुआत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pokhara Marathon 2026


This will close in 3 seconds

Close
Close