
पोखरा स्पोर्ट्स । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले क्रिकेट प्रशिक्षक जगत टमटासहित पाँच जनालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा नियुक्त गरेका छन् ।
मन्त्री गुप्ताले टमटासहित शान्तकुमार महता, नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य कुमार लामा घिसिङ, राजेश खड्का र प्रयास कार्कीलाई राखेप सदस्यमा नियुक्त गरेका हुन् । नवनियुक्त सदस्यहरुलाई मन्त्री गुप्ताले शुक्रबार पद तथा गोपनियताको शपथ समेत गराएका छन् ।
राखेपका पूर्व सदस्य सचिव टंकलाल घिसिङसहित ६ सदस्यको गत महिना कार्यालय सकिएपछि ती पद रिक्त थिए ।
