बंगलादेश प्रिमियर लिगमा सन्दीपको टिम राजशाहीको विजयी शुरुवात

पोखरा स्पोर्ट्स ।  बंगलादेश प्रिमियर लिगको उद्घाटन खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने खेलिरहेको टिम राजशाही वारियर्सले विजयी शुरुवात गरेको छ ।

सिलहेट टाइटन्सलाई ८ विकेटले पराजित गर्दै राजशाहीले विजयी शुरुवात गरेको हो । सिलहेटले दिएको १९१ रनको लक्ष्य पछाएको राजशाहीले १९.४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

राजशाहीको जितमा नाजमूल होसैन शान्तोले अविजित १०१ रनको शतकीय पारी खेलेका थिए भने मुशफिकुर रहिमले अविजित ५१ रन बनाएका थिए ।

यस खेलमा सन्दीपले भने ४ ओभर बलिङ गर्दै ३८ रन दिएर २ विकेट लिएका थिए ।  अब राजशाहीले अर्को खेल भोलि नै ढाका क्यापिटल्ससँग खेल्ने तालिका रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close