कालिका माविले उचाल्यो १६औं राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयरकपको उपाधि

पोखरा स्पोर्ट्स । कालिका माध्यमिक विद्यालयले १६औं राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयरकपको उपाधि जितेको छ ।

पोखरा रंगशालामा शुक्रबार सम्पन्न सो प्रतियोगितामा कालिकाले सर्वाधिक १७ पदक हात पार्दै उपाधि उचालेको हो । कालिका माविले ८ स्वर्ण, ६ रजत र ३ काश्य पदकका साथ उपाधि हात पार्दा प्रतियोगितामा उपविजेता बनेको शहिद स्मृती आवाशिय माविले ५ स्वर्ण, १ रजत र ८ काश्य गरी कुल १४ पदक जित्दै उपविजेता बनेको छ ।

त्यस्तै प्रतियोगितामा शैनिक आवाशिय माविले तेस्रो स्थान हात पारेको छ । शैनिकले ५ स्वर्ण, १ रजत र ८ काश्यपदक जित्दै कुल १४ पदक आफ्नो पक्षमा पार्न सफल भयो ।

कबड्डीतर्फ छात्रामा रामेश्वरी माविलाई स्वर्ण, शहीद स्मृति आवासीय माविलाई रजत र प्रतिभा मावि तथा कालिका माविलाई काश्य पदक हात पर्‍यो । छात्रतर्फ कालिका माविलाई स्वर्ण, प्रतिभा माविलाई रजत र गौरी शङ्कर मावि तथा भवानी कालिका माविलाई काश्य पदक प्राप्त भयो । कबड्डीमा प्रथम हुने टिमले ३० हजार, द्वितीय हुनेले २० हजार र तृतीय हुने दुवै टिमले १२ हजार–१२ हजार रुपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाणपत्र हात पारे ।

भलिबल छात्रा तर्फ शान्ता माविलाई स्वर्ण, कालिका माविलाई रजत र टप्स बोडिङ स्कुललाई काश्य पदक प्राप्त भयो । छात्र तर्फ पोखरा युनाइटेड एकेडेमीलाई स्वर्ण, प्रतिभा माविलाई रजत र गुरुकुल विद्यासदनलाई काश्य पदक हात पर्‍यो । भलिबलमा प्रथमले ३० हजार, द्वितीयले २० हजार र तृतीयले १२ हजार रुपैयाँ सहित पदक र प्रमाणपत्र प्राप्त गरे ।

एथलेक्टिस छात्रतर्फ कालिका मावि प्रथम भयो, कास्की मोडर्नाइज्ड एकेडेमी द्वितीय र हार्वड एकेडेमी तृतीय भए । छात्रा तर्फ छोरेपाटन मावि प्रथम, सगरमाथा मावि द्वितीय र फिस्टेल एकेडेमी तृतीय भए । एथलेटिक्स तर्फ ८४ विद्यालयका ६ सय ६५ छात्र छात्रा सहभागी भएका थिए ।

कराते तर्फ ४१ विद्यालयका छात्र तर्फ ६० र छात्रा तर्फ ७१ खेलाडीले प्रतिष्पर्धा गरेको उनले जनाए । यो विधा मार्फत १२ स्वर्ण, १२ रजत र २४ काश्य गरेर कुल ४८ पदक वितरण गरिएको उनले खुलाए ।

मार्चपास तर्फ रत्न ज्योति मावि प्रथम भयो । कान्तिपुर एकेडेमी द्वितीय, हार्वड स्कुल तृतीय र युनिभर्स बोडिङ स्कुल सान्त्वना भए । मार्च पासमा ४० विद्यालयले सहभागिता जनाएका थिए । मार्चपासमा प्रथम टिमले २० हजार, द्वितीयले १५ हजार तृतीयले १० हजार र सान्त्वना टिमले ५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा कुल ४ सय ४ पदकका सामुदायिक तथा संस्थागत विद्यालयका ३ हजार ५ सय भन्दा बढि विद्यार्थीले प्रतिष्पर्धा गरेका थिए । प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरि ६ वटा विधा समावेश गरिएको थियो ।

प्रतियोगिता भब्य रुपमा सम्पन्न गर्न सहयोग गर्नेहरु प्रति पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपक बहादुर गोदारले आभार व्यक्त गरेका छन् । प्रतियोगिता सम्पन्न गर्न ११ सचिवालय समिति, १५० जना प्राविधिक तथा १ सय स्वयंसेवक खटिएका थिए ।

पोखरा महानगर खेलकुदका अध्यक्ष गोदारले प्रतियोगिताले प्रतिभावान खेलाडीहरुको पहिचानका लागि सहयोग पुगेको भन्दै महानगरको खेलकुद विकासमा नयाँ आयाम थपिएको दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close