१६औं राष्ट्रपति रनिङ शिल्ड तथा मेयरकप : एथलेटिक्सतर्फ कालिका शिर्ष स्थानमा

पोखरा स्पोर्ट्स । १६औं पोखरा महानगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा ५औं मेयर कप विद्यालय खेलकुद प्रतियोगिता–२०८२ अन्तर्गत एथलेटिक्स विधाको कुल पदक तालिका सार्वजनिक गरिएको छ।

कुल पदक तालिकामा कालिका माध्यमिक विद्यालयले ५ स्वर्ण, ४ रजत र १ कांस्यसहित कुल  १० पदक जित्दै शीर्ष स्थान हासिल गरेको छ । दोस्रो स्थानमा रहेको छोरेपाटन माध्यमिक विद्यालयले ३ स्वर्ण, २ रजत र १ कांस्य गरी ६ पदक प्राप्त गर्‍यो । हार्वड एकेडेमी, पोखराले ३ स्वर्ण, २ रजत र ५ कांस्यसहित कुल १० पदक जित्दै बलियो उपस्थिति जनाउन सफल भएको छ ।

सैनिक आवासीय माध्यमिक विद्यालयले ३ स्वर्ण र ४ रजतसहित कुल ७ पदक हासिल गर्दा सगरमाथा माध्यमिक विद्यालयले ३ स्वर्ण र ३ रजत पदक जित्यो भने कास्की मोडर्नाइज्ड एकेडेमीले २ स्वर्ण, ४ रजत र ३ कांस्यसहित ९ पदक आफ्नो नाममा लेखायो ।

त्यसैगरी, फिष्टेल एकेडेमीले २ स्वर्ण, २ रजत र १ कांस्यसहित ५ पदक जित्दा त्रिवेणी पब्लिक विद्यालयले १ स्वर्ण र २ रजत पदक हासिल गर्‍यो । पश्चिमाञ्चल माध्यमिक विद्यालयले १ स्वर्ण र ३ कांस्य पदक जित्दा गौरीशंकर माध्यमिक विद्यालयले १ स्वर्ण र ३ रजत पदक प्राप्त गरेको छ।

सम्पन्न प्रतियोगितामा एथलेटिक्सतर्फ अनुस्का अधिकारीले तीन स्वर्ण पदक जितिन् ।

प्रतियोगितामा युवा सम्भावान एथलेट्हरु देखिएको कास्की एथलेटिक्स संघका सचिब सिद्धान्त अधिकारीले जनाएका छन् । पोखरा स्पोर्ट्स संग कुरा गर्दै उनले भने–“यो प्रतियोगिताले सम्भावना बोकेका खेलाडीहरु देखएिका छन् । अब महानगरले उनीहरुलाई संरक्षण र सम्वर्द्धन गर्दै अघि बढ्न आवश्यक छ । तीन दिन प्रतियोगिता आयोजना गरेर मात्रै हुदैन । यी खेलाडीहरु सबै स्वयंसेवी प्रशिक्षकहरुले उत्पादन गरेका हुन् ।” 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close