
पोखरा स्पोर्ट्स । भलिबल खेलका पुर्व राष्ट्रिय खेलाडी योगेन्द्र बहादुर बस्नेत पोखरामा सम्मानित भएका छन् ।
पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरद्वारा संचालित स्वर्गीय उदय बहादुर बस्नेत स्मृति भलिवल पुरस्कारबाट बस्नेत सम्मानित भएका हुन् । क्लवको २९ औं बार्षिक साधारण सभाका अवसरमा उनलाई सम्मान गरिएको थियो ।

सम्मानित पूर्व राष्ट्रिय खेलाडी बस्नेतलाई नगद १० हजार, सम्मानपत्र तथा दोसल्लासहित सम्मान गरिएको छ । उनलाई संस्थापक अध्यक्ष तीर्थमान तामाङ, मानार्थ सदस्य पुर्व मन्त्री कुमार खड्का, पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सीना, पुर्व वडाध्यक्ष जीवनप्रसाद आचार्य, क्लबका मानार्थ सदस्य बेनीबहादुर बस्नेत, स्वर्गीय उदयबहादुर बस्नेतकी धर्मपत्नी गणेशकुमारी बस्नेत, क्लवका पुर्व अध्यक्ष जीवनारायण श्रेष्ठले सम्मान गरेका थिए ।
सोही अवसरमा क्लवले बिभिन्न बिधाका उत्कृष्ट सदस्यलाई अवार्डबाट सम्मान गरेको छ । वेष्ट प्रोजेक्ट अवार्डबाट दुर्गालाल श्रेष्ठ, वेष्ट कोअर्डिनेटर अवार्ड प्रकाश थापा, उत्कृष्ट कर्मचारी अवार्ड लक्ष्मी पौडेल, सरीता अधिकारी र बर्षकै उत्कृष्ट सदस्य अवार्डबाट सुचना अधिकारी शिवराज देवकोटा सम्मानित भए ।
