
पोखरा स्पोर्ट्स । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भिल्ला रियललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले भिल्ला रियललाई २-० गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा राफिन्हा र लामिन यमलले एक एक गोल गरेका थिए । यस खेलमा खेलको ३९औं मिनेटमा रेनाटो भेइगाले रातो कार्ड पाउदा भिल्ला रियल १० खेलाडीमा समिति भएको थियो ।
यो जितपछि बार्सिलोनाको १८ खेलमा ४६ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको १८ खेलमा ४२ अंक रहेको छ । त्यस्तै भिल्ला रियलको १६ खेलमा ३६ अंक रहेको छ ।
