
पोखरा स्पोर्ट्स । सहारा क्लब पोखराको भातृ संस्था सहारा युकेको अध्यक्षमा शारदा गुरूङ चयन भएका छन् । बेलायतमा रहेर फुटबल विकास र च्यारिटीका लागि कार्यरत संस्था सहारा यूकेको नवौं अधिवेशनले उनीसहित १९ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । .

नवगठित कार्यसमितिको उपाध्यक्षमा क्याप्टेन पिताम्बर गुरुङ, महासचिवमा प्रकाश गुरुङ, सचिवमा दिपक गुरुङ (राजु), कोषाध्यक्षमा जगन गुरुङ, सह–कोषाध्यक्षमा कुमार थापा तथा सहारा यूकेको सिइओमा दल गुरुङ निर्वाचित भएका छन् ।
यसैगरी, स्पोटर््स सेक्रेटरीमा शम्शेर गुरुङ र युथ कोअर्डिनेटरमा अजयजंग थापा चयन छन् भने कार्यसमिति सदस्यहरूमा रमेश गुरुङ, सविन्द्र कुमार गुरुङ (एसके), गम गुरुङ, गंगा गुरुङ, देव गुरुङ, लाल गुरुङ, नारायण गुरुङ, ओम गुरुङ, मिलन तमु र मनोज गुरुङ रहेका छन् ।
सहारा युके नवौं अधिवेशन सम्पन्न गर्न निर्वाचन समितिमा संस्थापक सल्लाहकार महेश गुरुङ प्रमुख आयुक्त तथा सल्लाहकार ज्ञाम गुरुङ र एकेन्द्र गुरुङ रहेका थिए ।
यसअघि निवर्तमान अध्यक्ष कृष्ण गुरुङको अध्यक्षतामा सम्पन्न साधारणसभामा महासचिव क्याप्टेन पिताम्बर गुरुङले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष कुमार थापाले आय–व्यय विवरण प्रस्तुत गरेका थिए । उद्घाटन सत्रमा संस्थापक अध्यक्ष नवीन गुरुङसहित पूर्व अध्यक्षहरू दिलिप गुरुङ, मीनबहादुर गुरुङ (साइला), कुमार गुरुङ र ले.रि.कुसाङ गुरुङले शुभकामना दिएका थिए ।
सन् २००८ मा स्थापना भएको सहारा यूकेले महाभूकम्पबाट क्षतिग्रस्त विद्यालय पुनर्निर्माण, आहा रारा गोल्डकपमा आर्थिक सहयोगलगायत सामाजिक तथा खेलकुद क्षेत्रमा योगदान गर्दै आएको छ । हाल संस्थाले पोखरा–दोबिल्ला स्थित सहारा पोखरा एकेडेमीमार्फत ३० जना असहाय तथा विपन्न वर्गका बालबालिकालाई आश्रय, पठनपाठन तथा फुटबल प्रशिक्षण प्रदान गर्दै आएको छ ।
यसै बीच, सहारा क्लबको आयोजनामा यहि माघ २७ गतेबाट सुरू हुने २५औं संस्करणको आहा ! रारा गोल्डकपका लागि करिव ४० जनाको टोली पोखरा आउने तयारी रहेको सहारा युकेका पूर्व अध्यक्ष मिन बहादुर गुरूङले जानकारी दिाएका छन् । पोखरा स्पोर्ट्ससँग कुरा गर्दै उनले यो रजत वर्ष भएको पनि यो पटक सहारा युकेको सबै सदस्यहरु पोखरा आउने तयारीमा रहेको बताए ।
