तेस्रो युनिटी क्लब ब्याडमिन्टन सम्पन्न, लामा र थापाको जोडी बिजेता

पोखरा स्पोर्ट्स । पोखरा १४ स्थित युनिटी ब्याडमिन्टन क्लबद्वारा सञ्चालित गण्डकी प्रदेशस्तरीय ४५ वर्ष उमेर समूह माथिको दुई दिने तेस्रो युनिटी क्लब ब्याडमिन्टन प्रतियोगिता शनिबार सम्पन्न भएको छ।

सम्पन्न प्रतियोगितामा सिद्धार्थ लामा र बिरु थापाको जोडी बिजेता भएको छ । लामा र थापाले २–१ को सेटमा शेरबहादुर गुरुङ र इन्द्रबहादुर थापाको जोडीलाई फाइनलमा पराजित गरे । उनीहरुले नगद २५ हजार हात पार्दा उपविजेता गुरूङ र थापाको जोडीले नगद रु १४ हजार प्राप्त गरेका छन् ।

त्यसैगरी तृतीय स्थान चोकबहादुर थापा र टेकबहादुर बस्याल तथा विष्णु अधिकारी र अमृत रानाको जोडीले संयुक्त रूपमा प्राप्त गरेका छन् । उनीहरुले नगद ५–५ हजार प्राप्त गरेका छन् ।

बिजेता खेलाडीहरुलाई पोखरा वडा नं १४ का अध्यक्ष बोधराज कार्कीले मेडल, ट्रफी तथा नगद प्रदान गरेका थिए ।

युनिटी ब्याडमिन्टन क्लबका अध्यक्ष तेजिन्द्रबहादुर कँडेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा क्लबका राम थापा र सुमित्रा लम्सालले आफ्ना भनाई राखेका थिए ।

यसैबीच, प्रतियोगिताबाट बचत भएको केही रकम ‘जेन्जी आन्दोलन’को समयमा तोडफोड भई क्षति पुगेको वडा कार्यालयको मर्मतका लागि सहयोग गरिने जानकारी युनिटी ब्याडमिन्टन क्लबका अध्यक्ष कंडेलले जानकारी दिएका छन् । क्लबको सो निर्णयलाई सामाजिक उत्तरदायित्वप्रतिको सकारात्मक पहलका रूपमा लिइएको छ।

यस अघि पुष ४ गते प्रतियोगिताको उदघाटन प्रथम पुरस्कार प्रायोजक तथा पूर्व सांसद मीनप्रसाद गुरुङले गरेका थिए । सम्पन्न प्रतियोगितामा तनहुँ, स्याङ्जा, बागलुङ लगायतका जिल्लाका गरी ३३ टिमले सहभागिता जनाएको क्लबले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close