साफ महिला क्लब च्याम्पियनसिप: आज इस्ट बङ्गाल र एपीएफ खेल्दै

पोखरा स्पोर्ट्स । साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत आज एपीएफ क्लबले भारतको इस्ट बङ्गालसँग खेल्दैछ ।

यो खेल आज नेपाली समय अनुसार दिउसो ६ बजेदेखि दशरथ रंगशालामा हुदै छ ।

जारी प्रतियोगितामा इस्ट बङ्गाल र एपीएफ दुवै फाइनलमा पुगिसकेका छन् ।

हाल अंक तालिकामा इस्ट बङ्गालले तिनै खेलमा जित हासिल गर्दै शिर्ष स्थानमा रहेको छ भने एपीएफले ३ खेलमा २ जित र एक बराबरी खेल्दै ७ अंकसहित दोस्रो स्थानमा छ ।

त्यस्तै पाकिस्तानको कराची सिटी, भुटानको ट्रान्सपोर्ट युनाइटेड र बंगलादेशको नासरिन प्रतियोगिताबाट बाहिरिएका छन् । 

शिर्ष स्थानमा रहेका इस्ट बङ्गाल र एपीएफबीच शनिबार फाइनल खेल हुदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close