तेस्रो युनिटी क्लब ब्याडमिन्टन प्रतियोगिताको तयारी अन्तिम चरणमा

पोखरा स्पोर्ट्स । तेस्रो युनिटी क्लब गण्ढकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा १४ मझेरीपाटनस्थित युनिटी ब्याडमिन्टन क्लबको आयोजनामा उक्त प्रतियोगिता यहि पौष ४ र ५ गते हुने भएको हो ।

सो प्रतियोगिता ‘सी’ लेभल ४५ वर्ष उमेर समुह माथी डबल्समा प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष तेजिन्द्र बहादुर कंडेलले जानकारी दिएका छन् । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिंदै अध्यक्ष कंडेलले प्रतियोगिता सम्पन्न गर्न राम गुरूङलाई खेल संयोजक र सदस्यमा चोक बहादुर थापालाई तोकिएको बताए ।

प्रतियोगितामा सहभागिताका लागि हाल सम्म ३० जना भन्दा बढिले आफ्नो नाम दर्ता गराई सकेको जानकारी दिंदै अध्यक्ष कंडेलले प्रथम पुरस्कार नगद रु २५ हजार, द्वितिय रु १४ हजार र तृतिय हुने दुई जनालाई नगद रु ५–५ हजारका साथमा सबै विजेतालाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जानकारी दिए ।

समाजमा खेल संस्कृतिको विकाससँगै यूवा पुस्तालाई खेलकुदमा आकर्षण गराउन समेत प्रतियोगिताले सहयोग पुर्याउने उद्धेश्य लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close