हालाण्ड र फोडेनको गोलमा म्यानचेस्टर सिटी विजयी

पोखरा स्पोर्ट्स । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्डले दुई गोल गरेका थिए भने फिल फोडेनले एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटीको १६ खेलमा ३४ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । सिटी शिर्ष स्थानमा रहेको आर्सनलभन्दा २ अंकले पछाडी रहेको छ ।

त्यसैगरी क्रिस्टल प्यालेसको भने यो हारपछि १६ खेलमा २६ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close