एम्बाप्पे र रोड्रीगोको गोलमा रियल म्याड्रिड विजयी

पोखरा स्पोर्ट्स ।  स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले डिपोर्टिभो आल्भेजलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले आल्भेजलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा किलियन एम्बाप्पे र रोड्रीगोले एक एक गोल गरेका थिए । त्यस्तै आल्भेजका लागि एक गोल कार्लोस भिसेन्टले गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडले शिर्ष स्थानमा रहेको बार्सिलोनासँगको अन्तर घटाएको छ । रियलको हाल १७ खेलमा ३९ अंक रहेको छ र बार्सिलोनाभन्दा ४ अंकले पछाडी रहेको छ ।

त्यस्तै आल्भेजको भने यो हारपछि१६ खेलम १८ अंक भएको छ र लिगमा १२औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close