गण्डकीको खेलाडी कल्याणकारी कोष कार्यविधि प्रदेश सरकारद्वारा पारित

पोखरा स्पोर्ट्स । प्रदेश खेलकुद परिषद गण्डकीद्वारा स्थापित खेलाडी कल्याणकारी कोष स्थापना तथा सञ्चालन कार्यविधि प्रदेश सरकारले पारित गरे सँगै कार्यान्वयनमा आउने भएको छ ।

परिषदका सदस्य सचिब श्रीधर शर्माले सो बारे जानकारी दिंदै लामो समयको प्रयास पछि खेलाडी कल्याणकारी कोष कार्यविधि सरकारले पारित गरेको बताए । उनले भने–“यो कार्यविधि हामीले दुई वर्ष अघि नै बनाएका थियौं । तर पारित हुन केही ढिलो भयो । म परिषदको तर्फबाट प्रदेश सरकारलाई आभार व्यक्त गर्दछु । अब हामी यो कार्यविधिलाई चाँडै कार्यान्वयनमा ल्याउँदैछौं ।”

खेलाडी, प्रशिक्षक, रेफ्रि, कर्मचारी तथा पदाधिकारीहरुको सामाजिक सुरक्षा, विमा, आकस्मिक उद्धार, उपचार एवं पुनस्थापनाका लागि सहायता उपलव्ध गराउने कार्यविधिको प्रस्तावनामा उल्लेख गरिएको छ ।

सो कोष सञ्चालनका लागि सात सदस्यिय समिति गठन कार्यविधिले गरेको छ । परिषदको सदस्य सचिब अध्यक्ष तोकिएको समितिमा यूवा तथा खेलकुद मन्त्रालय र अर्थ मन्त्रालयको अधिकृतस्तरको प्रतिनिधि, परिषदको स्वास्थ्य तथा अनुशन्धान केन्द्र प्रमुख, परिषदको आर्थिक प्रशासन प्रमुख, प्रदेश खेल संघ समन्वय समितिको प्रतिनिधि सदस्यको रुपमा तथा परिषदको प्रशासन शाखा प्रमुख सचिबको रुपमा रहेका छन् ।

सो कार्यविधिको काम, कर्तब्य र अधिकारमा खेलाडीलाई मात्रै नभई प्रशिक्षक, रेफ्रि, कर्मचारी तथा पदाधिकारीहरुको परिवारलाई समेत आर्थिक सहयोग गर्ने, उनीहरुको सन्तानलाई अध्ययन छात्रवृति प्रदान गर्ने, मृत्यु भएका खेलाडीहरुको हकमा समेत आर्थिक सहयोग गर्ने/गराउने, खेलाडी, प्रशिक्षक, रेफ्रि, कर्मचारी तथा पदाधिकारीहरुको उद्धार/जोखिम विमा एवं कल्याणकारी कार्यक्रम गर्ने/गराउने गरी समितिमा रहेका सदस्यहरुलाई जिम्मेवारी तोकिएको छ ।

सो कार्यविधि कार्यान्वयनमा आए सँगै सो कार्यविधिको उद्धेश्यमा उल्लेख भए अनुसार खेलाडी, प्रशिक्षक, रेफ्रि, कर्मचारी तथा पदाधिकारीहरुको खेलप्रतिको निरन्तरतालाई सुनिश्चित गरेको जानकारी दिंदै सदस्य सचिब शर्माले भने–“परिषद खेल जिवनसँग जोडिएको विषयका लागि उनीहरुको हकहित संरक्षण गर्नेतर्फ सचेत छ । खेलाडीहरुलाई थप उत्साहित बनाउन तथा राष्ट्रप्रति खेलाडीहरुको समपर्णको भावनालाई समेत माथी उठाउन यो कल्याणकारी कोषको महत्वपूर्ण भूमिका हुनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close