केभिआर समीट च्यालेन्जमा युगल र सान्या पहिलो

पोखरा स्पोर्ट्स । केभिआर समीट च्यालेन्ज तेस्रो संस्करणको तेस्रो चरणमा पुरुषतर्फ युगल राई र महिलातर्फ सान्या मार्टिन पहिलो भएका छन् । दोस्रो चरणमा भने युगल तेस्रो भएका थिए । उनले आफ्नो लयलाई पकड जमाउँदै तेस्रो संस्करण विजेता बने ।

ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २५ किलोमिटरको रेसमा पुरुषतर्फको विजेता युगलले दुई घन्टा ५७ मिनेट ४७ सकेन्ड समय लगाए । नेपालकै हरेन्द्र के चौधरी र दीपक तामाङ दोस्रो र तेस्रो स्थानमा रहे । हरेन्द्रले तीन घन्टा सात मिनेट ४३ सकेन्ड तथा दिपकले तीन घन्टा २१ मिनेट २३ सकेन्डमा दौड पुरा गरे ।

महिलातर्फ सान्याले तीन घन्टा ३९ मिनेट र २४ सकेन्ड समय लगाइन् । स्टेन हेजलवर्ग र सोफी स्टाइनर दोस्रो र तेस्रो स्थानमा रहे ।

१० किलोमिटर दौडमा पुरुषतर्फ सलमान शेख (१ः१८.४८ सकेन्ड) पहिलो, पेम्बा छिरिङ लामा (१ः२२.५२ सकेन्ड) दोस्रो र पुस्कर धामी (१ः३१.२२ सकेन्ड) तेस्रो भए । महिलातर्फ सितु लामा (१ः४०.३५ सकेन्ड), क्लारा बर्गगारेन (१ः४६.४९ सकेन्डं) दोस्रो र कामाल्या लि (२ः०१.२५ सकेन्ड) शीर्ष तीन स्थानमा रहेका थिए ।

२५ किमीको दौड गोदावरी, फुल्चोकी, मनकामना दोबाटो र बदीखेल भएर गोदावरीमा सुर्यचौरमा तथा १० किलोमिटर दौड गोदावरी, मनकामना दोबाटो र बदीखेल भएर गोदावरीमा सुर्यचौरमा सम्पन्न भएको थियो ।

प्रतियोगितामा नेपालसहित बेलायत, अमेरिका, फ्रान्स, जापान, भारत, क्यानडाका करीब १ सय जना धावक धाविकाले सहभागिता जनाएका थिए । नेपाल ओलम्पिक कमिटीका प्रतिनिधि निरज श्रेष्ठले विजेतालाई पुरस्कार प्रदान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close