शान्तीदिप माविमा चार दिवशिय खेलकुद महोत्सव सुरू

पोखरा स्पोर्ट्स । पोखरा महानगर पालिका वडा नं १४ स्थित शान्तीदिप माविमा चार दिवशिय खेलकुद महोत्सव मंगलबारबाट सुरू भएको छ ।

विद्यालयको आफ्नै खेल मैदानमा सुरू भएको खेलकुद महोत्सवअन्तर्गत छात्र/छात्रा फुटबल, भलिबल, ह्याण्डबल, टेबुल टेनिस, एथलेटिक्सलगायतका खेलहरु सञ्चालन हुने विद्यालयका संस्थापक प्राचार्य मथुरा प्रसाद पौडेलले जानकारी दिए ।

विद्यार्थीहरुको सर्वाङ्गिण विकासका लागि अध्ययन–अध्यापनसँगै खेलकुदका विभिन्न गतिविधिहरु सञ्चालन हुदै आएको विद्यालयका ४ सय ५० विद्यार्थीहरु खेलकुदमा सहभागिता जनाएको प्राचार्य पौडेलले बताए । अतिरिक्त कृयाकलाप अन्तर्गत खेलकुदका लागि समेत वार्षिक बजेट निर्धारण गर्दै प्रदेश एवं राष्ट्रियस्तरका खेलाडी उत्पादनका लागि समेत विद्यालय अघि बढेको उनको भनाई थियो ।

२०५३ सालमा स्थापित सो विद्यालयको अफ्नै फुटबल खेल मैदानमा आयोजित  खेलकुद महोत्सवको एक कार्यक्रमका बीच नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका संस्थापक अध्यक्ष केशव पाठकले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close