
पोखरा स्पोर्ट्स । पोखरा २७ तालचोकमा अवस्थित डायमण्ड माध्यमिक विद्यालयले डायमण्ड रनिङ शिल्ड २०८२ सुरू भएको छ । विद्यार्थीहरूमा सर्वाङ्गिण पक्षको विकास गराउँदै उनीहरूलाई नियमित रुपमा रचनात्मक र सिर्जनशील बनाइराख्न विद्यालयले २०७५ देखि नै हरेक वर्ष डायमण्ड रनिङ शिल्ड गर्दै आएको विद्यालयका प्राचार्य यमबहादुर रोकाले बताएका छन् ।
पोखरा–२९ ,भण्डारढिकस्थित रङ्गशालामा सञ्चालित सो कार्यक्रमको शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले गरेका थिए ।
विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख अनिल गुरुङको संयोजकत्वमा सञ्चालित डायमण्ड रनिङ शिल्ड २०८२ मङ्सिर १५ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा फुटबल, बास्केटबल, क्रिकेट, ब्याडमिन्टन, भलिबल, टेबल टेनिस र एथलेटिक्सका खेलहरु हुनेछन् ।
पहिलो चरणका फुटबल खेलमा छात्राहरुको भेट्रान्स समूहतर्फ ब्याच ८८ स्यान्की र ढुक्क एफ सी, ६ देखि ८ कक्षाको समुहमा आठ बेगनास, ८ फेवा, ९ देखि १२ कक्षाको समुहमा टिम वेष्ट, र १२ साइन्सको टिम बिजयी भएका छन् ।
त्यस्तै क्रिकेट तर्फ टिम सन्देश र भलिबल खेलमा १२ इनोभेसन टिम मंगोलियन बिजयी भएका छन् भने ब्याडमिन्टन खेलमा छात्रहरुमा आदित्य खत्री, अभिजित खनाल, रुपेश खत्री, पुस्कल बराल, आयुष पौडेल, दर्शन तिवारी र छात्राहरुमा श्रेया श्रेष्ठ विजयी भएको शिक्षक राजन परियारले जनाएका छन् ।
विजयी खेलाडीहरु १९ गते हुने डायमण्ड रनिङ शिल्ड २०८२को उपाधिको फाइनलसम्म विभिन्न खेलमा छनौट भएका छन् । विद्यालयका संस्थापक निर्देशक माधव शरण उपाध्यायको अध्यक्षतामा उद्घाटन समारोह भएको थियो ।
