पोखरामा सितेरियो करातेको दिक्षान्त कार्यक्रम सम्पन्न (भिडियो सहित)

पोखरा स्पोर्ट्स । पोखरामा सितेरियो करातेको दिक्षान्त (बेल्ट ग्रेडिङ) कार्यक्रम शनिबार सम्पन्न भएको छ । सितेरियो कराते संघ गण्डकी प्रदेशको आयोजनामा तीन दिन सम्म सञ्चालन भएको दिक्षान्त कार्यक्रममा ९ जिल्लाका ४२७ जना खेलाडीहरु सहभागि रहेको अध्यक्ष धन लामाले जानकारी दिएका छन् । सहभागिहरुलाई फष्ट, सेकेण्ड र थर्ड डान प्रदान गरिएको छ । सो कार्यक्रममा थर्ड डानबाट ४७ जना खेलाडीहरु दिक्षित भएको संघले जनाएको छ ।

समापन कार्यक्रममा शुभकामना दिंदै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक नविन कार्कीले समाजलाई अनुशासनतर्फ अघि बढाउन खेलकुदको भूमिका महत्वपूर्ण हुने बताए । खेलाडीको र प्रहरीको जिवनमा कुनै भिन्नता रहेको जनाउँदै भने–“प्रहरी र खेलाडीहरुको पोशाकको रङ्ग फरक हुन सक्छ । तर दुबैको मान्यता असल अनुशासनको जगमा उभिएको छ ।”

समाजमा असल नागरिक भएर उभिन, कुलत र विशंगतीहरुबाट टाढा रहन खेलाडीहरुलाई सुझाव दिंदै अनुशासित नागरिकहरुबाट मात्रै समाजमा शान्ती सुरक्षाको अनुभुती हुने उनले उल्लेख गरे ।

सो अवसरमा बोल्दे नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र कुमार शेरचनले समाजमा यति बेला शान्तीको आवश्यक्ता रहेको जनाउँदै खेलाडीहरुले आफूले सिकेको शिप गाउँ–गाउँमा पुर्याएर यूवा खेलाडी उत्पादनमा भूमिका खेल्नु पर्ने जनाए ।

कार्यक्रममा नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष मजिन्द्र सिं, नेपाल कराते महासंघ गण्डकीका अध्यक्ष मनिराज थापा मगर, सितेरियो कराते गण्डकीका प्रमुख प्रशिक्षक सुरेन्द्र गुरूङ, वरिष्ठ प्रशिक्षक कृष्ण कँडेललगायतले आफ्ना भनाई राख्दै संघलाई गतिशिल बनाउन दिक्षान्त कार्यक्रमले महत्व राख्ने बताएका थिए ।

सो अवसरमा गण्डकी प्रदेशमा रहेर सितेरियो कराते खेलको विकासमा महत्वपूर्ण योगदान दिने बरिष्ठ प्रशिक्षक ग्याम्जो लामालाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close