च्याम्पियन्स लिगमा आर्सनल अपराजित

पोखरा स्पोर्ट्स ।  युइएफए च्याम्पियन्स लिग अन्तर्गत आर्सनलले बायर्न म्युनिखलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा आर्सनलले बायर्न म्युनिखलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा जुरियन टिम्बर, नोनी माडूएके र गाब्रियल मार्टिनेलीले एक एक गोल गरेका थिए । त्यस्तै बायर्न म्युनिखका लागि लेनार्ट कार्लले एक गोल गरेका थिए ।

यो जितपछि आर्सनल यस सिजनमा अपराजित रहदै ५ खेलमा १५ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै बायर्न म्युनिखको ५ खेलमा १२ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close