पीएसभीसँग लिभरपुल स्तब्ध

पोखरा स्पोर्ट्स ।  युइएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा लिभरपुल पराजित भएको छ ।

गएराती सम्पन्न खेलमा नेदरल्याण्डसको क्लब पीएसभीले लिभरपुललाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

पीएसभीको जितमा कोउहैब ड्रिओउचले दुई गोल गरेका थिए भने इभान पेरिसिक र गुस टिलले एक एक गोल गरेका थिए । त्यस्तै लिभरपुलका लागि डोमिनिक स्जोबोसलाईले एक गोल गरेका थिए ।

यो जितपछि पीएसभीको ५ खेलमा ८ अंक भएको छ र अंक तालिकामा १५औं स्थानमा रहेको छ । त्यस्तै लिभरपुलको ५ खेलमा ९ अंक रहेको छ र अंक तालिकामा १३औं स्थानमा रहेको छ ।        

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close