एसीसी यू-१९ प्रिमियर कप: साउदी अरेबियाले नेपाललाई दियो २१९ रनको लक्ष्य

पोखरा स्पोर्ट्स । एसीसी पुरुष यू-१९ प्रिमियर कप अन्तर्गत आज साउदी अरेबियाले नेपाललाई २१९ रनको लक्ष्य दिएको छ ।

 टस हारेर पहिला ब्याटिंग गरेको साउदी अरेबियाले ५० ओभरमा ९ विकेट गुमाएर २१८ रन बनाएको हो ।

साउदी अरेबियाका लागि मोहमद जुबेर सुनासाराले ४८, मोहमद रेहान सिद्धिकीले ४१ रन बनाए भने ओमैर अहमद वहावले ३९ रन बनाएका थिए । 

त्यसैगरी नेपाली बलर अशोक धामीले २ विकेट लिए भने दयानन्द मण्डल, शुसिल बहादुर रावल, किब्रिन श्रेष्ठ र दर्शन सुनारले एक एक विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close