१८औं हिसान कास्की स्पोर्ट्स मिट पुषको पहिलो साताबाट

पोखरा स्पोर्ट्स । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा १८ औं हिसान कास्की स्पोर्टस मिट २०८२ पुषको पहिलो साताबाट आयोजना हुने भएको छ ।

हिसान कास्कीका अध्यक्ष दिवाकर जैशीले १८औं सस्करणको हिसान स्पोर्टस मिट पुषको ४ गते देखि ७ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने गरी वार्षिक साधारण सभाले मिति तय गरेको पोखरा स्पोर्ट्सलाई जानकारी दिएका छन् ।  

पोखरामा निरन्तर सञ्चालन हुदै आएको प्रतियोगिता मध्येको एक हिसान स्पोर्ट्स मिटमा विभिन्न चार खेलहरु हुदै आएका छन् । जस अन्तर्गत छात्र/छात्रा बास्केटबल, ब्याडमिन्टन, भलिबल र टेबुल टेनिसका प्रतिस्पर्धाहरु हुनेछन् ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय प्लस टु, कलेज र विश्वविद्यालय गरी कुल ८० शिक्षालयहरुको आवद्धता रहेको अध्यक्ष जैशीले जानकारी दिए ।

खेलाडी उत्पादनमा समेत महत्व राख्ने हिसान स्पोर्टस मिट प्रतियोगिताका विजेता विद्यालयले रनिङ्ग शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

१५औं, १६औं र १७औं संस्करणको हिसान स्पोर्टस मिटको उपाधि प्रतिभा माविले लगातार तीन पटक जित्दै शिल्ड कब्जा गरेको थियो । हाल सम्म ग्लोबल कलेजियट माविले लगातार ३ पटक र न्यू ग्यालेक्सीले लगातार ४ पटक जितेर रनिङ्ग शिल्डमा कब्जा गरेका छन् ।

निजी शिक्षालयहरूको साझा संस्थाको रुपमा रहेको हिसान कास्कीअन्तर्गत कास्कीमा आवद्ध शिक्षालयहरुमा ४० हजार भन्दा बढी विद्यार्थी र ५ हजार बढी शिक्षक तथा कर्मचारीहरु कार्यरत छन् । हिसान कास्की शाखामा प्याब्सन, एनप्याब्सन, युनिप्स लगायतका संस्थामा आवद्ध विद्यालयहरुको आवद्धता रहेको छ ।
फायल तस्विर 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close