इतिहास रच्दै नेपाली दृष्टिविहिन महिला राष्ट्रिय टोली टि२० विश्वकपको फाइनलमा

पोखरा स्पोर्टस । इतिहास रच्दै नेपाली दृष्टिविहिन महिला राष्ट्रिय टोली टि२० विश्वकपको फाइनलमा स्थान पक्का गरेको छ ।

शनिबार श्रीलंकाको राजधानी कोलोम्बोमा सम्पन्न सेमीफाइनलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै नेपाली दृष्टिविहिन महिला राष्ट्रिय टोली फाइनलको यात्रा तय गरेको हो । नेपाली टोलीलाई फाइनलमा स्थान पक्का गर्न टिम कप्तान विनिता पुनको भुमिका महत्वपूर्ण रह्यो । विनिताले २३ बलमा ७ चौकासहित ४६ रन बनाइन् । उनी प्लेयर अफ दि म्याच समेत बनिन् ।

खेलमा टस जितेर पाकिस्तानलाई व्याटिङको निम्तो दिएको थियो । पाकिस्तानले पुरै २० ओभर खेल्दै ६ विकेटको क्षतीमा १६९ रन बनायो ।

१७० रन पछ्याएको नेपालले १७ ओभरमा ३ विकेट गुमाउँदै १७१ रन बनाएर खेल मात्रै जितेन पहिलो पटक आयोजित विश्वकपको फाइनलमा स्थान बनाउँदै उपाधि नजिक समेत पुगेको छ । नेपालका लागी मानकेसी चौधरीले १२ बलमा १७ रनको योगदान दिइन्, जसमा १ चौका समावेश थियो ।

इन्निङ्सलाई सम्हाल्ने जिम्मा पाएकी सुस्मा तामाङले ४५ बलमा ३६ रन, बिनिता सोमाईले ६ रन तथा सरीता घिमिरेले २० बलमा १९ रनको योगदान दिइन् । नेपाली टोलीले ४७ रन अतिरिक्त पाएको थियो । 

नेपालले अब फाइनलमा भारतको सामना गर्नेछ । जारी विश्वकपमा नेपालसहित ७ देशको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close