छैटौं टाइगर कप भलिबलको संयोजकमा गुरूङ र सह–संयोजकमा पोखरेल

पोखरा स्पोर्ट्स । ‘छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८२’ को संयोजकमा राजकुमार गुरूङ र सहसंयोजकमा डोलराज पोखरेल (डिआर) मनोनयन भएका छन् ।

यहि माघ ९ गते देखि १७ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगिता संयोजकको जिम्मेवारी गुरूङ र सह संयोजकको जिम्मेबारी पोखरेललाई दिइएको संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले पोखरा स्पोर्ट्सलाई जानकारी दिएका हुन् ।

टाइगर ग्रुप अफ पोखरा नेपालको बिहिबार बसेको बैठकले उनीहरुलाई जिम्मेवारी सुम्पिएको जानकारी दिंदै विगत पाँच वर्षको अनुभवले खारिएका दुबै जनाले छैटौ संस्करण सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको अध्यक्ष शर्माले बताए । ‘प्रतियोगितालाई सफल र सहजरुपमा सम्पन्न गर्नु आफैमा महत्व रहन्छ’, शर्माले भने,‘यो चुनौतीलाई दुबैजनाले आफ्नो क्षमता प्रदर्शन गर्दै विगतका संस्करण जस्तै टाइगर कपको शाखलाई माथी उठाउने गरी सफलतापूर्वक सम्पन्न गर्न भूमिका खेल्नेमा कार्यसमिति विश्वस्त छ ।’

संयोजकको जिम्मेवारी पाएका गुरूङ नेपाल भलिबल संघका केन्द्रिय सदस्य समेत् हुन् भने टाइगर ग्रुप अफ पोखरा नेपालको संस्थापक कार्यसमिति सदस्य हुन् । त्यस्तै सहसंयोजक पोखरेल खेलकुद र सामाजिक क्षेत्रसँगै ग्रुपका कार्यसमिति सदस्य हुन् ।

यस अघि चौथो संस्करणको प्रतियोगिताको संयोजकमा दिपक कार्की र पाँचौ संस्करणमा रामकृष्ण ज्ञवाली संयोजकको जिम्मेवारी सम्हालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close