फिटनेसप्रेमीका लागि नयाँ गन्तव्य-कमलको पोखरामा ‘राइट फिटनेस’

 

पोखरा स्पोर्ट्स । शारीरिक सुगठनका राष्ट्रिय खेलाडी कमलराज भण्डारीले पोखरामा नयाँ फिटनेस सेन्टर सञ्चालनमा ल्याएका छन् ।

पोखरा ७ शान्तीनगर चोकमा उनले ‘राइट फिटनेस सेन्टर वाई कमलराज’ सञ्चालनमा ल्याएका हुन् । पोखरामा पछिल्लो समयमा स्वस्थ्य रहन जिम जाने प्रचलन बढ्दै गए पछि उनले पोखरा ७ शान्तीनगरमा सो जिम सञ्चालनमा ल्याएको पोखरा स्पोर्टसलाई बताए ।

८ महिना अघि पोखराको सिर्जनाचोकमा ‘राइज फिटनेस वाइ कमलराज’ र पोखरा ५ पर्स्याङमा समेत गरी दुई फिटनेस सेन्टर सञ्चालन गरिरहेका कमलले ‘राइट फिटनेस’का रुपमा तेस्रो फिटनेस समेत सुरूवात गरेको बताए ।

करिव २ करोडको लगानीमा सुरूवात गरिएको सो फिटनेस सेन्टरमा जुम्वा, मुआथाई, जिम, कार्डियोलगायतका सेवाहरु प्रदान गरिने कमलले बताए । पार्किङको सेवासहित सुरूवात गरिएको फिनेस सेन्टरमा जानेहरुका लागि थप सहज बनाइएको उनको भनाई छ ।

लामो समय देखि शारीरिक सुगठनको खेलाडीको रुपमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पदक विजेता समेत रहेका कमलले सन २०१९ मा भएको १२ औं दक्षिण एसियाली बोडी विल्डिङमा रजत पदक जितेका थिए ।

५१ औं र ५५ औं एसियन बोडीविल्डङमा रजत पदक बिजेता उनले पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगितामा रजत पदक जितेका थिए । वुल्समेनमा दुई संस्करणका च्याम्पियन उनले मि.माछापुच्छ्रे, मि.हिमालयन, धर्मश्री जस्ता महत्वपूर्ण प्रतियोगितामा समेत स्वर्ण पदक जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close