जनकपुरले काठमाडौँलाई दियो १३१ रनको लक्ष्य

पोखरा स्पोर्ट्स ।  नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले काठमाडौँ गोर्खाजलाई १३१ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको जनकपुर बोल्ट्सले २० ओभरमा ६ विकेट गुमाउदै १३० रन बनाएको हो ।

जनकपुरका लागि आसिफ शेखले सर्बाधिक ५४ रन बनाए भने मयन यादवले अविजित ३४ रन बनाएका छन् ।

त्यस्तै काठमाडौँ गोर्खाजका बलर मिलिन्द कुमारले ३ विकेट लिए भने सन्तोष यादवले एक विकेट लिएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close