इन्ड्युरो रेसमा कास्कीका ‘हिक्मत’ च्याम्पियन

पोखरा स्पोर्ट्स । तेस्रो संस्करणको अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’मा कास्कीका हिक्मत विक च्याम्पियन भएका छन् । पोखरामा शनिबार सम्पन्न सहाशिक खेलकुदको साइकल दौडमा ‘इलाइट मेन’तर्फ उनी च्याम्पियन बनेका हुन् ।

त्यस्तै सोही स्पर्धामा तेन्जिङ गुरूङ दोस्रो हुँदा कास्कीकै अनिल विकले तेस्रो स्थान हात पारेका छन् । यस्तै मेन इलाइटतर्फ चौथो देखि सातौ सम्म क्रमशः ओमानका फायाम अल्खायारी, सोही देशका शविव अल्बुलुशी, सुमन विश्वकर्मा र सुमन कार्की रहेका छन् । छैटौ भएका सुमन विश्वकर्मा समेत कास्कीको खेलाडी हुन् ।

यस्तै महिला ओपनतर्फ लक्ष्मी मगर र कृपा डँगोल क्रमश पहिलो र दोस्रो स्थान हात पारेका छन् ।

प्रतियोगिता अन्तर्गत जुनियरतर्फ प्रशन महर्जन पहिलो, दिप्सन थापा दोस्रो, स्वपनिल रायमभाझी तेस्रो, कैलाश मगर चौथो, जेशन लामा डोँगले पाँचौ स्थान हासिल गरे ।

त्यस्तै मास्टर एको क्याटोगरीमा नेपालका राजन भण्डारी, अस्ट्रेलियाका स्टेफन विलियम्स, नेपालका मुनेस घले, नेपालकै स्वे कार्की र सिङ्गापुरका फविन एन्थोनीले क्रमश पहिलो देखि पाँचौ स्थान प्राप्त गरेका छन् ।

मास्टर बीतर्फ श्रीलंकाका शक्ति गुनासेकारा पहिलो, नेपालका रबी कार्की दोस्रो र नेपालकै प्रयाश तामाङले तेस्रो स्थान हात पारे ।

भेट्रानतर्फको प्रतिस्पर्धामा बेलायतका मार्क डोउटी पहिलो, नेपालका मिङ्युर दोर्जे शेर्पा दोस्रो र नेपालकै अनिल बास्कोटाले तेस्रो स्थान प्राप्त गरे ।

प्रतियोगितामा बिजेता खेलाडीहरुलाई पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपक बहादुर गोदार, कास्की साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारीलगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । 

पोखरा महानगरपालिका वडा नम्बर १३ को आर्बा विजय डाँडामा तीन दिनसम्म भएको प्रतियोगितामा  जर्मनी, सिंगापुर, अष्ट्रेलिया, युके, श्रीलङ्का, ओमन, अमेरिका र नेपाल गरी आठ देशका ४५ खेलाडी सहभागी थिए । प्रतियोगिता छ वटा ट्रेल कुल ५ किलोमीटर ३६३ मिटर दूरीका साथमा छ वटा विधामा खेलाइएको प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले जानकारी दिए ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close