राखेप द्वारा प्रतियोगिताका लागि नीजि क्षेत्र संग सहकार्य

पा्ेखरा स्पोर्ट्स ।
केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड तथा विश्वविद्यालय खेलकुद प्रतियोगिता आयोजनाका लागि पाँच बर्ष सम्म नीजि क्षेत्रले सहकार्य गर्ने भएको छ ।

आ.व. २०८२/०८३ मा प्रतियोगिताहरु सन्चालन गर्न राष्ट्रिय खेलकुद परिषद् र नेपालय ईन्टरनेशनल ईभेन्ट म्यानेजमेन्ट प्रा लि वीच आज संझौता भएको हो । परिषदका सदस्य सचिव टंकलाल घिसिङ र नेपालयका अध्यक्ष सुभाष प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । नेपाल सरकारबाट विनियोजन भएको रकमका साथै प्रायोजक खोजी गरि प्रतियोगिताहरुलाई थप प्रभावकारी रुपमा आयोजना गर्ने उदेश्यले संझौता गरिएको हो ।

प्रतियोगिताका लागि नेपाल सरकारले विनियोजन गरेको रकममा नीजि क्षेत्रले राष्ट्रपति रनिङ शिल्डका लागि कम्तीमा २० लाख र विश्वविध्यालय खेलकुदका लागि कम्तिमा १० लाख रुपयाँ नेपालयका तर्फबाट प्रायोजन गरिने सम्झौतामा उल्लेख गरिएको छ ।

यस्तै प्रत्येक बर्ष १० प्रतिशतका दरले प्रायोजन वृद्धि हुने उल्लेख गरिएको छ । नेपालयले प्रायोजकहरु खोजी गरी संकलन भएको रकम पारदर्शी रुपमा परिषद्लाई विवरण उपलब्ध गराउनेदेखि खर्च भई खुद नाफा भएमा सो को १० प्रतिशत रकम परिषदको आम्दानी खातामा जम्मा गर्नु पर्नेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close