टेस्ट क्रिकेट: दक्षिण अफ्रिका १५९ रनमा अलआउट, बुमराहले लिए ५ विकेट

पोखरा स्पोर्ट्स । 
 दक्षिण अफ्रिका भारतविरुद्धको पहिलो टेस्टको पहिलो इनिंगमा १५९ रन बनाएर अल आउट भएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रीका ले ५५ ओभर खेल्दै १५९ रन बनाएर अल आउट भएको हो । दक्षिण अफ्रिकाका लागि एडेन मार्क्रमले सर्बाधिक ३१ रन बनाए भने वीआन रिकेलटन र टोनी डे जोर्जीले २४-२४ रन बनाएका थिए ।

त्यस्तै भारतीय बलर जसप्रित बुमराहले सर्बाधिक ५ विकेट लिए भने कुलदीप यादव र मोहमद सिराजले २-२ विकेट लिए । टेस्टको पहिलो दिन भारतले आफ्नो पहिलो इनिंगको ब्याटिंग शुरु गरेको छ ।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close