दृष्टिविहिन महिला टि२० विश्वकप : भारतसँग नेपाल ८५ रनले पराजित

पोखरा स्पोर्टस् ।
पहिलो पटक भारतमा जारी दृष्टिविहिन महिला टि२० विश्वकप क्रिकेटमा नेपाल भारतसँग पराजित भएको छ ।

लिगको दोस्रो खेलमा नेपाल भारतसँग ८५ रनले पराजित भएको हो । भारतले दिएको २०९ रनको लक्ष्य पछ्याएको नेपालले जवाफी व्याटिङ गर्दै पुरै २० ओभरमा ५ विकेटको क्षतीमा १२४ रन मात्रै बनाउन सक्यो ।

आयोजक भारतले नेपालले पूर्णरुपमा दबाबमा राख्दै रन बनाउने मौकानै दिएन । नेपाली टिमको कप्तानी सम्हालेकी बिनिता पुनले २७ बलमा ३१ रन बनाइन् भने सुस्मा तामाङले २७ बलमा ३० रन र मनकेसी चौधरीले २५ रन बनाइन् ।

भारतका लागि बसन्ती हन्सदाले १ विकेट लिइन् ।

यता भारतले टस हारेर खेलको सुरूवात गर्दै २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रन बनाएको थियो । भारतका लागि दिपिकाले ६० बलमा ७८ रन बनाइन् भने सिमु दासले ६८ फुला सरेनले ३० रन बनाएकी थिइन् ।

नेपालले दुई खेलमा एकमा जित र एकमा हार व्यहोरेको छ । भारतले भने आफ्ना दुई खेल जितेको छ । नेपालले शनिबार अस्ट्रेलियाको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close