
पोखरा स्पोर्ट्स ।
पहिलो पटक भारतमा जारी दृष्टिविहिन महिला टि२० विश्वकप क्रिकेटमा नेपालले २१० रनको लक्ष्य पाएको छ ।
भारतको बैंगलोरमा जारी खेलमा टस जितेर नेपालले भारतलाई व्याटिङको निम्तो दिएको थियो । भारत नेपाली बलर विरुद्ध हावी हुदै २० ओभरमा ३ विकेटको क्षतीमा २०९ रन बनायो ।
भारतीय पारीमा फुलासोरेनले ६० बलमा ७८ रन बनाइन् ।
यति बेला नेपालले जवाफी व्याटिङ सुरू गरेको छ ।
नेपालले आफ्नो पहिलो खेल श्रीलंका विरुद्ध जित हात पारेको थियो भने भारतले समेत उद्घाटन खेलमा श्रीलंकालाई नै पराजित गरेको थियो ।
पहिलो पटक आयोजना भएको महिला टि२० विश्वकप भारत र श्रीलंकामा संयूक्त रुपमा सञ्चालन भएको छ ।
