
पोखरा स्पोर्ट्स । नेपाल प्रिमियर लिग (एनपिएल) मंसिर १ गते सुरू हुँदैछ । पोखरा एभेन्जर्स टिमका मार्की प्लेयर कुशल भुर्तेल बिहिबार पोखरा रंगशालाको टेनिस कम्प्लेक्समा भेटिए । पोखरा एभेन्जर्सले भने यति बेला भारतमा प्रशिक्षणमा व्यस्त छ । क्रिकेट व्याट छोडेर टेनिसको र्याकेट समातेका कुशल एक विज्ञापनको शुटिङको दौरानमा टेनिस कोर्ट पुगेका थिए । उनले टेनिसका राष्ट्रिय खेलाडी साश्वत बज्राचार्य संग टेनिस खेले । पोखरा स्पोर्ट्ससँगको कुराकानीमा उनले एनपिएल सिजन २ मा पोखरा एभेन्जर्सले राम्रो गर्ने अपेक्षा रहेको बताए । फुसर्दको बेला आफू टेनिस खेल्ने गरेको बताउँदै टेनिस खेलको फ्यान समेत रहेको बताए ।

