राष्ट्रिय पुरुष र महिला फुटसल टिमको प्रमुख र सहायक प्रशिक्षक नियुक्त

पोखरा स्पोर्ट्स ।   अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय पुरुष र महिला फुटसल टोलीका लागि प्रमुख र सहायक प्रशिक्षक नियुक्त गरेको छ ।

राष्ट्रिय महिला फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम महर्जनलाई नियुक्त गरिएको छ भने सहायक प्रशिक्षकमा नरेश श्रेष्ठलाई नियुक्त गरिएको छ ।

उनीहरूले जनवरी १३ देखि २६ सम्म थाइल्याण्डमा आयोजना हुने साफ महिला फुटसल च्याम्पियनसिप २०२६ मा टोलीको नेतृत्व गर्नेछन् ।

त्यस्तै, राष्ट्रिय पुरुष फुटसल टोलीको मुख्य प्रशिक्षकमा अनिल बहादुर गुरुङलाई नियुक्त गरिएको छ भने सहायक प्रशिक्षकमा सरोज कुमार थापा क्षेत्रीले काम गर्नेछन् ।

पुरुष फुटसल टोलीले जनवरी १३ देखि २६ सम्म थाइल्याण्डमा आयोजना हुने साफ फुटसल च्याम्पियनसिप २०२६ मा प्रतिस्पर्धा गर्दै छ ।

चारै जना प्रशिक्षकलाई एन्फा महासचिव किरण राईले नियुक्ति पत्र प्रदान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close