पोखरामा मंसिरको पहिलो साता विद्यालयस्तरीय ह्याण्डबल हुने

पोखरा स्पोर्ट्स । पोखरामा मंसिरको पहिलो साता विद्यालयस्तरीय छात्र/छात्रा ह्याण्डबल प्रतियोगिता हुने भएको छ ।

जिल्ला ह्याण्डबल संघ कास्कीको आयोजनामा उक्त प्रतियोगिता मंसिर ४ देखि ६ गते सम्म पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा हुने भएको हो ।

जिल्ला ह्याण्डबल संघ कास्कीका अध्यक्ष चित्र बहादुर थापाका अनुसार प्रतियोगितामा छात्रतर्फ १५ र छात्रातर्फ २० गरी कुल २५ टिमको सहभागिता हुने अपेक्षा गरिएको छ ।  प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुको सहभागिता हुने छ ।

प्रतियोगितामा छात्र÷छात्रा दुबैतर्फ बिजेता, उपविजेता, र तेस्रो स्थान प्राप्त गर्ने टिमले कप, मेडल तथा प्रमाणपत्र प्रदान गर्नेछन् ।

त्यसै गरी अन्य विद्यागत उत्कृष्ट खेलाडीहरुलाई समेत ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने अध्यक्ष थापाले पोखरा स्पोर्ट्सलाई जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close