‘पोखरा १० के रेस’मा १ हजार २ सय दौडने, तयारी पुरा

पोखरा स्पोर्ट्स । पोखरामा पहिलो पटक आयोजना हुने ‘एक्सट्रिम एनर्जी ड्रिङ्क्स पोखरा १० के रेस’मा १ हजार २ सय दौडने भएका छन् । यहि कार्तिक २९ गते शनिबार पोखरामा हुने तयारी पुरा भएको आयोजक कास्की जिल्ला एथलेटिक्स संघले जनाएको छ ।

पोखरा रंगशालाबाट सुरू हुने दौडमा १० किमितर्फ ४६२ जनाले सहभागिता जनाएका छन् । जस मध्ये पुरूष ४१० र महिलातर्फ ५२ जना रहेको कास्की एथलेटिक्सका सचिब सिद्धान्त अधिकारीले पोखरा स्पोर्ट्सलाई जानकारी दिए ।

त्यस्तै विद्यालयस्तरिय ५ किमि दौड छात्र/छात्रातर्फ कुल ७३८ जनाको सहभागिता रहने छ । जसमध्ये छात्रतर्फ ४८२ जना र छात्रातर्फ २५६ जनाको सहभागिता रहेको छ ।

एथलेटिक्स खेलको विकास र प्रवर्द्धन पहिलो पटक आयोजना गरिएको पोखरा १० के रेसमा उत्साहजनक रूपमा खेलाडीले देशैभरबाट आफ्नो नाम दर्ता गरेको कास्की एथलेटिक्सका अध्यक्ष गज बहादुर गुरूङले जनाएका छन् ।

१० किमि दौड पहिलो हुने देखि लिएर पाँचौ स्थान सम्म प्राप्त गर्ने महिला/पुरूषतर्फ समान नगद रु २०, १५, १०, ७ र ५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने विद्यालय छात्र/छात्रा दौडतर्फ क्रमश पहिलो देखि पाँचौ स्थान सम्मका लागि १०, ७, ५, ३ र २ हजार नगद प्रदान गरिने छ ।

त्यस्तै टप २५ जना फिनिसरलाई गिफ्ट ह्याम्परको समेत व्यवस्था आयोजकले गरेको छ भने १० के दौड फिनिसरलाई मेडल प्रदान गरिने छ । प्रतियोगितालाई प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिका र एक्सट्रिम एनर्जी ड्रिङ्कले सहकार्य गरेको आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिव १५ लाख खर्च लाग्ने संघका अध्यक्ष गोपी बहादुर अधिकारीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close