काभा यू–१९ महिला भलिबलः मालदिभ्स विरूद्ध नेपालको सहज जित

स्पोर्ट्स स्पोर्ट्स । काभा यू–१९ महिला भलिबल च्याम्पियनसिपमा नेपालले भालदिभ्स विरूद्ध सहज जित निकालेको छ ।

श्रीलंकामा जारी प्रतियोगितामा मालदिभ्स विरुद्ध ३–० को सोझो सेटमा जित निकालेको हो । जारी प्रतियोगितामा नेपालले यो सहित दुईमा जित र एकमा हार व्यहोरेको छ । नेपालले आयोजक श्रीलंकलाई बुधबारको खेलमा जित निकाले पनि किर्गिस्तान संग भने पराजित भएको थियो ।

बिहिबार भएको खेलमा नेपालले पहिलो सेट २५–७ ले सहज जित निकाल्दै मालदिभ्सलाई दवाबमा राखेको थियो । दोस्रो सेटमा समेत नेपालले २५–१० ले खेल आफ्नो पक्षमा पार्न सफल भयो भने तेस्रो सेट २५–११ ले जित्दै प्रतियोगितामा आफूलाई दावेदारको रुपमा उभ्याएको छ ।

कार्तिक २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाली टिममा जेनिसा विश्वकर्मा, मिना सुनार, आसिका क्षेत्री, क्रिश्मा डाँगी, निशा महर, सम्झना नेपाली, एन्जिला प्रधान, भावना तामाङ, प्रतिभा चौधरी, सुनिता खत्री, रेबिका लामा तामाङ र बिनिता राना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close