
पोखरा स्पोर्टस । काभा महिला यू–१९ महिला भलिबल च्याम्पियनसिपमा नेपालले जित निकालेको छ ।
आयोजक श्रीलंका विरूद्ध खेलेको नेपालले ३–१ सेटले जित हासिल गरेको हो । नेपालले पहिलो सेट २५–१८ ले जित्दै आयोजक श्रीलंकालाई दवाबमा राखेको थियो । दोस्रो सेटमा भने निकै कठिनका साथ २६–२४ ले आफ्नो पक्षमा पार्न सफल रह्यो ।
यसै गरी तेस्रो सेट भने नेपालले १९–२५ ले श्रीलंकालाई सुम्पियो । तर चौथो सेटमा कम ब्याक गर्दै २५–२० ले जित्दै जारी प्रतियोगितामा सफलता हात पारेको छ ।
कार्तिक २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाली टिममा जेनिसा विश्वकर्मा, मिना सुनार, आसिका क्षेत्री, क्रिश्मा डाँगी, निशा महर, सम्झना नेपाली, एन्जिला प्रधान, भावना तामाङ, प्रतिभा चौधरी, सुनिता खत्री, रेबिका लामा तामाङ र बिनिता राना रहेका छन् ।
पहिलो खेल किर्गिस्तान संग पराजित भएको नेपाली टिमले भोली (बिहिबार) मालदिभ्स विरुद्ध खेल्ने छ ।
