प्रदेश खेलकुद परिषद गण्डकीको बोर्ड बैठक : खेलकुदको बजेट कटौती नर्गन सरकारलाई आग्रह

पोखरा स्पोर्ट्स । प्रदेश खेलकुद परिषद गण्डकीको नियमित बोर्ड बैठक आइतबार पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री एवं परिषदका अध्यक्ष विन्दु कुमार थापाको अध्यक्षतामा भएको बैठकको बोर्ड बैठकको निर्णय सुनाउँदै परिषदका सदस्य सचिब श्रीधर शर्माले मुलकमा जेन्जी आन्दोलन पश्चात सरकारले सबै क्षेत्रमा बजेट कटौती गरेकोमा यूवा पुस्ता समाहित तथा परिचालित खेलकुद क्षेत्रमा बजेट कटौती नर्गन प्रदेश सरकारलाई आग्रह गरिएको उनले बताए ।

“खेलकुद क्षेत्र सर्वाधिक रूपमा युवा पुस्ता समाहित रहेको परिचालन हुने क्षेत्र हो” उनले भने, “बजेट कटौती हुदा यसको नकरात्मक प्रभाव पर्न सक्छ ।” सदस्य सचिब शर्माले राष्ट्रिय खेलकुद परिषद (राखेप)ले दशौं राष्ट्रिय खेलकुद तयारीका लागि समेत् यहि कार्तिक १९ गते बैठक बोलाएको जनाउँदै ३६ खेलको छनौट एवं प्रशिक्षण व्यवस्थापनका लागि थप ४ करोड ६ लाख रुपैयाँ माग गर्ने निर्णय गरेको छ । चालु आर्थिक वर्षमा दशौका लागि प्रदेश सरकारले १ करोड ८० लाख विनियोजन गरेको छ ।

त्यसै गरी मंसिरको दोस्रो साता बाग्लुङमा सञ्चालन हुने गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड र जिल्लास्तरीयका लागि समेत नपुग रकम माग गर्ने निर्णय गरेको छ । चालु आवमा संघिय सरकारबाट सो प्रतियोगिताका लागि कुनै शसर्त अनुदान प्राप्त नभएको जनाउँदै प्रदेश सरकार बाट यो वर्ष २० लाख मात्रै विनियोजना गरेकोले नपुग थप ७५ लाख सरकार संग माग गर्ने निर्णय गरेको सदस्य सचिब शर्माले पोखरा स्पोर्ट्सलाई जानकारी दिए ।

यसका साथै परिषदको सल्लाहकार मनोनयन गर्न सदस्य सचिब शर्मालाई अख्तियारी दिने निर्णय संगै परिषदका सदस्यहरुलाई विभिन्न जिल्लाका कार्यक्रम तथा गतिविधिहरु हेर्ने गरी जिम्मेवारी समेत दिएको छ ।

यसै बीच, परिषद र सबै ११ वटै जिल्ला खेलकुद विकास समतिहरुमा सेवा प्रवाहलाई छिटो र छरितो बनाउने गरी समेत परिषदले योजना अघि बढाएको सदस्य सचिब शर्माले बताए । उनले भने–“अब सेवाग्रहीलाई भौतिक रुपमा कार्यालयमा नै धाउनु पर्ने अवस्थालाई अन्त्य गर्ने प्रयासमा हामी छौं । परिषदको कार्यालय होस वा जिल्ला खेलकुद विकास समितिका कार्यालयहरुमा प्रविधिमैत्री बनाउँदै इमेल वा सामाजिक सञ्जालमार्फत समेत निवेदनहरु लिने र त्यहीबाट सेवाग्रहीलाई जानकारी दिने गरी तयारी गर्दैछौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close