आइसीसी विश्वकप लिग–२ सिरिजः अमेरिकाले दियो नेपाललाई २६३ रनको लक्ष्य

पोखरा स्पोर्ट्स । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी आईसीसी पुरुष वान डे विश्वकप लिग–२ अन्तर्गतको खेलमा अमेरिकाले नेपालविरुद्ध ५० ओभरमा ६ विकेट गुमाउँदै २६२ रनको चुनौतीपूर्ण स्कोर प्रस्तुत गरेको छ ।

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालका बलरहरूका सामु अमेरिकाका विकेटकिपर ब्याट्सम्यान स्मित पटेलले उत्कृष्ट ७५ रन बनाए । उनले १०० बलमा ९ चौका प्रहार गरे ।

त्यसैगरी मिलिन्द कुमारले मात्र ५० बलमा नटआउट ७० रन जोडेका थिए, जसमा ६ चौका र २ छक्का समावेश थियो ।

अमेरिकाका अन्य योगदानमा साईतेजा मुक्कमल्ला ४२ रन, शुभम रञ्जने १९ रन, र हरमितसिंहले १६ रन नटआउट जोड्दै टोलीलाई स्थिरता दिएका थिए।

नेपालका तर्फबाट सन्दीप लामिछानेले १० ओभरमा ५६ रन खर्चिएर २ विकेट लिएका थिए । त्यस्तै सोमपाल कामी, आरिफ शेख र दिपेन्द्रसिंह ऐरीले समान १–१ विकेट झारे ।

करन केसी र ललित राजवंशीले कुनै विकेट हात पार्न सकेनन् ।

अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २६२ रन बनाए संगै अब नेपालले जितका लागि २६३ रनको लक्ष्य पछ्याउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close