
पोखरा स्पोर्ट्स । यूएईले आईसीसी विश्वकप लिग-२ का लागि १५ सदस्यीय टिमको घोषणा गरको छ ।
अमेरिका र नेपालसँगको त्रिकोणात्मक सिरिजका लागि युएईले नियमित कप्तान मुहम्मद वसीमलाई हटाएर राहुल चोपडालाई नयाँ कप्तान बनाएको छ ।वसीमलाई कप्तानबाट हटाए पनि टिममा स्थान भने दिइएको छ ।
युएईको टिममा कप्तान राहुलसँगै अलिशान शराफु, आर्यांश शर्मा, ध्रुव पराशर, हैदर अली, हर्षित कौशिक, जुनैद सिद्दिकी, मयंक कुमार, मुहम्मद अरफान, मुहम्मद शाहदाद, मुहम्मद वसीम, मुहम्मद रोशिद खान, शोएब खान, सिमरनजित सिंह र जाहिद अली रहेका छन् ।
लिग-२ का खेल आइतबारदेखि दुबई अन्तर्राष्ट्रिय रंगशाला र आईसीसी एकेडेमी, ओभल-१, दुबईमा हुदैछन् । यूएईले सिरिजको पहिलो खेलमा मंगलबार अमेरिकाविरूद्ध खेल्नेछ ।
बिहीबार, नेपालविरूद्ध र सोमबार फेरि अमेरिकाविरूद्ध खेल्नेछ । सिरिजको लागि नेपालले यसअघि नै टोली घोषणा गरिसकेको छ भने अमेरिकाको टोली घोषणा हुन बाँकी छ । प्रतियोगिताको पहिलो खेलमा नेपाल र अमेरिका आइतबार खेल्दैछन् । सबै खेल नेपाली समय अनुसार सवा ११ बजेदेखि सुरू हुदैछन् ।
