
पोखरा स्पोर्ट्स । काभा मेन्स नेसन्स कप भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ ।
बंगालादेशको ढाकामा जारी प्रतियोगिताको दोस्रो खेलमा नेपाल आयोजक बंगालादेश संग ३–२ सेटमा पराजित हुँदै लगातार हार व्यहोरेको हो । खेलको पहिलो सेटमा २२–२५ र दोस्रो सेट १८–२५ ले गुमाएको नेपालले तेस्रो सेटमा खेलमा फर्किदैं २५–२३ ले आफ्नो पक्षमा पार्न सफल रह्यो ।
चौथो सेटमा समेत् बंगालादेशलाई नेपालले दबाबमा राख्दै २५–१६ ले आफ्जो पक्षमा पार्न सफल भयो । तर अन्तिम सेट भने निकै संघर्षपूर्ण रह्यो । बंगालादेशले १६–१४ ले आफ्नो पक्षमा पार्दै नेपाललाई पराजित गर्यो ।
नेपाल आफ्नो पहिलो खेलमा तुर्केमिनिस्तान संग पराजित भएको थियो ।
नेपालले अब अक्टोबर २४ मा माल्दिभ्ससँग, अक्टोबर २६ मा अफगानिस्तानसँग, अक्टोबर २७ सम्म श्रीलंकासँग खेल्ने तालिका रहेको छ । प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता रहेको छ ।
