पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा दक्षिण अफ्रीका ८ विकेटले विजयी, सिरिज बराबरी

पोखरा स्पोर्ट्स ।  दक्षिण अफ्रिकाले पाकिस्तानविरुद्धको टेस्ट सिरिजको दोस्रो खेल ८ विकेटले जितेको छ ।

टेस्टको चौथो दिन पाकिस्तानले दिएको केवल ६८ रनको लक्ष्य पछाएको दक्षिण अफ्रीकाले २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस टेस्टमा पाकिस्तानले पहिलो इनिंगमा ३३३ रन बनाएको थियो भने पाकिस्तानले दोस्रो इनिंगमा केवल १३८ रन बनाएर अल आउट भएको थियो । त्यस्तै दक्षिण अफ्रिकाले पहिलो इनिंगमा ४०४ रन बनाएको थियो ।

अब यो जितपछि २ खेलको सिरिज १-१ ले बराबरी भएको छ । यसअघि सिरिजको पहिलो खेल पाकिस्तानले ९३ रनले जितेको थियो ।

पाकिस्तान टुरमा रहेको दक्षिण अफ्रीकाले अब ३-३ खेलको टी-२० र एकदिवसीय सिरिज खेल्ने तालिका रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close