
पोखरा स्पोर्ट्स । रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिग अन्तर्गत युभेन्टसलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले युभेन्टसलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा जुड बेलिङ्घमले खेलको ५७औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि रियल म्याड्रिडको ३ खेलमा ९ अंक भएको छ र अंक तालिकामा पाँचौं स्थानमा रहेको छ ।
त्यसैगरी युभेन्टसको भने ३ खेलमा २ अंक रहेको छ र हाल २५औं स्थानमा छ ।
