राष्ट्रिय महिला फुटबल टिम भारतको शिलोङ प्रस्थान

पोखरा स्पोर्ट्स ।  नेपाली राष्ट्रिय महिला फुटबल टिम भारतको शिलोङमा हुने इरान र भारतसँगको मैत्रीपूर्ण खेल खेल्न त्यसतर्फ प्रस्थान गरेको छ । नेपाली महिला फुटबल टिम बुधबार बिहान भारततर्फ प्रस्थान गरेको हो ।

यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले  मंगलबार एक कार्यक्रमका बीच नेपाली राष्ट्रिय महिला फुटबल टिमको बिदाई गरेको थियो ।

नेपाली राष्ट्रिय महिला टिमले अक्टोबर २४ मा इरानसँग र अक्टोबर २७ मा भारतसँग मैत्रीपूर्ण खेल खेल्दैछ । दुवै खेल भारतको शिलोङमा खेलिने एन्फाले जानकारी दिएको छ ।

मैत्रीपूर्ण खेलका लागि एन्फाले सावित्रा भण्डारी साम्बाको कप्तानीमा २३ सदस्यीय टिमको घोषणा गरेको हो ।

नेपाली महिला फुटबल टिम
गोलकिपर: अन्जिला तुम्बापो सुब्बा, अञ्जना राणा मगर र उषा नाथ ।

डिफेन्डर:  निशा ठोकर, समिक्षा घिमिरे, मन माया दमाई, प्रतिक्षा चौधरी, विमला विक, पुजा राना, सजनी थोकर र हिरा कुमारी भुजेल ।

मिडफिल्डर: अनिता बस्नेत, रेणुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सविता राणा मगर, सरस्वती हमाल र  दीपा शाही ।

फरवार्ड:  रश्मी कुमारी घिसिङ, रेखा पौडेल, मिना देउवा, पूर्णिमा राई र सावित्रा भण्डारी ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close