काभा मेन्स भलिबल च्याम्पियनसिप : तुर्किमिनिस्तान संग नेपाल पराजित

पोखरा स्पोर्ट्स । काभा मेन्स नेसन्स कप च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ ।

बंगालादेशको ढाकामा सुरू भएको प्रतियोगितामा नेपालआफ्नो पहिलो खेल तुर्किमिनिस्तान संग ३–० को सोझो सेटमा पराजित भएको हो । पहिलो सेट २५–२२ ले गुमाएको नेपालले दोस्रो सेट २५–१८ ले गुमायो ।

खेलको तेस्रो सेटमा नेपालले कमब्याक गर्ने मौका गुमायो । २१–१७ को खेलको स्थितीमा समेत नेपालले तेस्रो सेट आफ्नो पक्षमा पार्न सकेन । तुर्किमिनिस्तिान संग नेपालले आफनो लिडलाई धेरै समय टिकाउन सकेन । लगातार अंक गुमायो ।

यता तुर्किमिनिस्तिान खेलमा फर्किदै नेपाललाई दबाबमा राख्यो । नेपालले तेस्रो सेट २७–२५ ले गुमायो ।

नेपालले आफ्नो दोस्रो खेल भोली बिहिबार आयोजक बंगालादेश संग खेल्ने छ । 

त्यस्तै अक्टोबर २४ मा माल्दिभ्ससँग, अक्टोबर २६ मा अफगानिस्तानसँग, अक्टोबर २७ सम्म श्रीलंकासँग खेल्ने तालिका रहेको छ । प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close