एटलेटिकोमाथि आर्सनलको शानदार जित

पोखरा स्पोर्ट्स ।  आर्सनलले युइएफए च्याम्पियन्स लिग अन्तर्गत स्पेनिस क्लब एटलेटिको म्याड्रिडलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा आर्सनलले एटलेटिको म्याड्रिडलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा भिक्टोर ग्योकेरेजले २ गोल गरेका थिए भने गाब्रियल मगालहाएज र गाब्रियल मार्टिनेलीले एक एक गोल गरेका थिए ।

यो जितपछि आर्सनल यस सिजनमा अपराजित रहदै ३ खेलमा ९ अंक हासिल गरेको छ र हाल तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै एतलेटिको म्याड्रिडको भने यो यस सिजनमा दोस्रो हार हो । ३ खेलमा २ अंक रहेको एटलेटिको म्याड्रिड हाल १८औं स्थानमा रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close