लिभरपुलमाथि म्यानचेस्टर युनाइटेडको शानदार जित

पोखरा स्पोर्ट्स ।  म्यानचेस्टर युनाइटेडले इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुललाई पराजित गरेको छ । 

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई २-१ गोपल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा ब्रायन एम्बेउमो र ह्यारी माग्युरेले एक एक गोल गरेका थिए । त्यस्तै लिभरपुलका लागि कोडी गाक्पोले एक गोल गरेका थिए ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा म्यानचेस्टर युनाइटेडले २०१६ पछि पहिलो पटक यो जित हासिल गरेको छ ।

यो जितपछि म्यानचेस्टर युनाइटेडको ८ खेलमा १३ अंक भएको छ र लिगमा नवौं स्थानमा रहेको छ । त्यस्तै लिभरपुलको भने ८ खेलमा १५ अंक रहेको छ र हाल लिगमा तेस्रो स्थानमा छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close