सहारा क्लब पोखराले ‘च्यारिटी डिनर नाइट’ आयोजना गर्ने

पोखरा स्पोर्ट्स । सहारा क्लब पोखराले यस वर्ष ‘च्यारिटी डिनर नाइट’ कार्यक्रम आयोजना गर्ने भएको छ । क्लबले पोखरा–१७, दोबिल्लामा सञ्चालित सहारा आवासीय फुटबल एकेडेमी सहयोगार्थ उक्त कार्यक्रम गर्न लागेको क्लब अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।

अध्यक्ष थापाका अनुसार तिहारमा हरेक वर्ष आयोजना हुँदै आएको देउसी–भैलो कार्यक्रम यसपालि स्थगित गरी यसको सट्टा च्यारिटी डिनर नाइट गर्न लागिएको हो ।

कार्यक्रम कात्तिक १४ गते शुक्रबार, पोखराको माटेपानीस्थित एस.आर.केसी ब्याङ्क्वेटमा आयोजना हुनेछ । कार्यक्रममा स्थानीय कलाकारहरूका गीत प्रस्तुतिका साथै हिमाली सांस्कृतिक परिवारले नृत्य प्रदर्शन गर्नेछन् ।

एकेडेमी सहयोगार्थ हुने उक्त कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिले जनही रु. २५०० बुझाउनुपर्नेछ । सो शुल्कबाट सहभागीहरूले खाना र विविध सांस्कृतिक कार्यक्रमको अवलोकन गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close