आइसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज खेल्ने नेपाली क्रिकेट टिमको घोषणा

पोखरा स्पोर्ट्स ।  नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरेको छ । शनिबार क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

नेपालले अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म अमेरिका र युएईसँग त्रिकोणात्मक सिरिज खेल्दैछ । एक दिवसीय क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट हुने यस लिगमा नेपाल हाल १६ खेल खेल्दै १२ अंकसहित सातौं स्थानमा रहेको छ ।

त्यस्तै युएई १६ खेलमा ६ अंकसहित पुछारमा छ भने अमेरिका २० खेलमा २८ अंक सहित दोस्रो स्थानमा रहेको छ । यस सिरिजको पहिलो खेलमा नेपालले अक्टोबर २६ मा अमेरिकासँग खेल्ने तालिका रहेको छ ।

यस सिरिजका लागि छानिएको नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), असिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, अनिल कुमार शाह, सोमपाल कामी, आरिफ सेख, भीम सार्की, करण केसी, गुलशन झा, साहब आलम, नन्दन यादव, कुशल मल्ल र ललित राजबंशी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close