नेपालले सामाओलाई दियो २१२ रनको लक्ष्य

पोखरा स्पोर्ट्स ।   नेपालले सामाओलाई २१२ रनको लक्ष्य दिएको छ ।

ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गतको सुपर सिक्सको अन्तिम खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले जारी प्रतियोगितामा दोस्रो उच्च स्कोर बनाउने क्रममा २० ओभरमा ४ विकेट गुमाउदै २११ रन बनाएको हो । 

नेपालका लागि आसिफ सेख र दिपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएका थिए ।  आसिफले ६९ रन बनाएका थिए भने ऐरीले ५३ रन बनाएका थिए ।

त्यस्तै लोकेस बमले आक्रामक १२ बलमा अविजित ३९ रन बनाएका थिए भने कप्तान रोहित पौडेलले १२ बलमा २१ रन बनाएका थिए । त्यसैगरी कुशल मल्लले १७ रन बनाएका थिए ।

नेपालले यो खेल जितेमा छनौट प्रतियोगिताको उपाधि जित्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close